site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएलमा आज विश्राम दिन, भोलि दुई खेल

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आज (आइतबार) खेल राखिएको छैन । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो ।

भोलि (सोमबार) भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी, दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

हालसम्मको अंकतालिकाअनुसार, दुई–दुई खेल खेलेका विराटनगर किङ्ग्स, सुदूरपश्चिम रोयल्स चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाण्डू गोर्खाज भने दुई अंक जोड्दै तेस्रो स्थानमा छ । दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ ।

मंसिर १ गतेदेखि सुरु भएको एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोली छन् । मंसिर २७ गते फाइनल हुनेछ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्