देश
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–२, हजराचोक जनकपुर-ढल्केवर सडक खण्डमा आज (मंसिर ७) कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमित्रादेवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए ।
दुर्घटनामा महतोका श्रीमान् ५० वर्षे राजकुमार घाइते भएका प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक सर्लाही लालबन्दी–६ का १८ वर्षे दिवस कार्कीलाई नियन्त्रणमा लिइ ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको छ । रासस
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ १७:०५
प्रतिक्रिया दिनुहोस्