खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबार (मंसिर ८) जनकपुर बोल्ट्सविरुद्ध पहिलो पावर प्लेमा विराटनगर किंग्सले मध्यम सुरुआत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले पहिलो पावर प्ले (६ ओभर)को समाप्तिमा एक विकेट गुमाएर ४० रन बनाएको छ ।
विराटनगरबाट हाल क्रिजमा रहेका लोकेश बम १९ र मार्टिन गप्टिल १० रनमा खेलिरहेका छन् ।
विराटनगरले ओपनर जर्ज मुन्सेलाई व्यक्तिगत १० रनमा गुमाएको थियो । जनकपुरका सन्जित कुरेले उक्त विकेट लिए ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२ १२:०९
प्रतिक्रिया दिनुहोस्