देश
काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले जनपदतर्फका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको शिक्षामन्त्री महावीर पुनले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२ १६:५३
प्रतिक्रिया दिनुहोस्