site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिला बलिङ गरेको भए २०औँ ओभरसम्मै स्पिनर खेलाउँथेँ : सन्दीप लामिछाने

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्नो टिमले पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउन सक्ने बताएका छन् ।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि सोमबारको खेलमा जित निकालेपछि सन्दीपले स्पिनरलाई मद्दत पुग्ने खालको पिच रहेको उल्लेख गर्दै पहिले बलिङ गरेको भए आफूहरूले पनि २०औँ ओभरसम्म स्पिनर नै लगाउन सक्ने बताएका हुन् ।

पहिले बलिङ गरेको जनकपुरले १६औँ ओभरसम्म स्पिनर नै लगाएको थियो । त्यस क्रममा जनकपुरले किफायती बलिङ पनि गर्‍यो । जवाफमा विराटनगरले पनि स्पिनर नै धेरै प्रयोग गर्‍यो ।

सन्दीपले आजको खेलमा फास्ट बलरले राम्रो गरे पनि 'स्पिनर फेबरेट पिच' रहेको उल्लेख गरेका हुन् । उनले स्पिनर सूर्य तामाङ र नरेन भट्टले पनि उत्कृष्ट बलिङ गरेको र समग्र बलिङ युनिट राम्रो हुँदा लक्ष्य जोगाउन सफल भएको बताए ।

ब्याटिङ गर्न कठिन रहेको पिच पनि ब्याटरले राम्रै खेलेको उनी बताउँछन् । यही टिमले राम्रो गरिरहेको अवस्थामा फाफ डुप्लेसिसलाई कहाँ प्रयोग गर्ने भन्नेबारे टोली स्पष्ट रहेको सन्दीपको भनाइ छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्