site stats
बाह्रखरी :: Baahrakhari
देश
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, स्याउलेमा जंगली हात्तीको आक्रमणबाट मंगलबार (मंसिर ९) एक महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी स्थानीय ४५ वर्षीया धाना बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी सागर बोहराले जानकारी दिए ।

हात्ती बस्तीमा पसेर बिष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन उनी भाग्दै थिइन् । त्यही बेला हात्तीको आक्रमणमा परेर उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र झोलुंगे पुल प्रहरी पोस्टबाट टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो । शव परीक्षणका निम्ति अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । रासस

 

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्