site stats
बाह्रखरी :: Baahrakhari
खेल
पावर प्लेमा काठमाण्डूको मध्यम सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत मंगलबार (मंसिर ९) लुम्बिनी लायन्सविरुद्ध काठमाण्डू गोर्खाजले ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डूले ६ ओभरमा दुई विकेट गुमाएर ४२ रन बनाएको हो ।

हाल क्रिजमा रहेका ओपनर आकाश त्रिपाठीले २४ रन बनाएका छन् । मिलिन्द कुमार तीन रनमा खेलिरहेका छन् ।

लुम्बिनीका रुबिन ट्रम्पलम्मयान र शेर मल्लले एक/एक विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्