काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंंग्सका कन्सल्ट्यान्ट प्रशिक्षक धम्मिका प्रसादले टिमप्रति असन्तुष्टि पोखेका छन् ।
बुधबार विराटनगरले एनपीएलको दोस्रो संस्करणमा चितवन राइनोजसँग ४८ रनको हार बेहोरेको थियो । यही खेलमा खेलाडीहरूले अपेक्षाअनुसार प्रदर्शन नगरेको जनाउँदै मुख्य प्रशिक्षक प्रसादले टिमप्रति असन्तुष्टि पोखेका हुन् ।
“खेलाडीहरूले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । हामीले केही कमजोरीका कारण खेलको सुरुआती समयदेखि लय बनाउन सकेनौँ । आज हाम्रो ब्याटिङ र बलिङ दुवैबाट सन्तोषजनक प्रदर्शन हुन सकेन,” प्रसादले भने ।
हारसँगै विराटनगरको अपराजित यात्रामा ब्रेक लागेको छ । विराटनगरले लगतार तीन जितपछि आज पहिलो हार बेहोरेको हो । तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले ६ अंक जोडेको छ ।