site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनवटा प्रदेशमा आंशिक बदली हुने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदली हुनेछ । केही स्थानमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहनेछ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

राति कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०५:५४
प्रतिक्रिया दिनुहोस्