देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. १४ बल्खुस्थित अव्यवस्थित टहरा भत्काएको छ । बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढीपीडित सुकुम्बासीहरूले बनाएका अस्थायी टहराहरू महानगरले भत्काएको हो ।
प्रभावित परिवारहरूले भने बस्ती फर्कने व्यवस्था नभएकाले यो कदम अन्यायपूर्ण भएको बताएका छन् ।
महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए । विद्यालय सञ्चालनमा बाधा पुर्याइरहेका थिए । यो घटना महानगरपालिकाको अनधिकृत संरचना हटाउने निरन्तर अभियानको हिस्सा भएको बताइएको छ । न्युज एजेन्सी नेपाल
-1764236721.jpg)
-1764236723.jpg)
-1764236723.jpg)
-1764236722.jpg)
-1764236722.jpg)
-1764236721.jpg)
अनुप प्रधान/ न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२ १५:३१
प्रतिक्रिया दिनुहोस्