काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले राम्रो सुरुआत गरेको छ । बिहीबार (मंसिर ११) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको पोखराले पहिलो पावर प्ले (६ ओभर)मा विकेट नगुमाई ४५ रन बनाएको छ ।
पोखराबाट हाल क्रिजमा रहेका दिनेश खरेल र एडम रोसिङ्टनले क्रमशः २७ र १८ रनमा खेलिरहेका छन् ।
जनकपुर र पोखरा दुवै टिमले यो सिजनमा हालसम्म जित निकाल्न सकेका छैनन् ।
जनकपुरले यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेट र दोस्रोमा विराटनगर किंग्सविरुद्ध नौ रनको हार व्यहोरेको थियो ।
पोखरा भने पहिलो खेलमा विराटनगरसँग ५३ रन र दोस्रोमा सुदूरपश्चिम रोयल्सविरुद्ध १८ रनले हारेको थियो ।