देश
म्याग्दी । म्याग्दीको बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौरखण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९, किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडकमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।
बेनी–९ का वडाध्यक्ष चक्र केसीका अनुसार, सात मिटर चौडा सडक कालोपत्र गरिनेछ । नेप्टेचौर–तोरीपानीखण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिनेछ ।
वर्षायामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण गरिँदै छ । यो सडक कालोपत्र गर्न १० करोड १६ लाख एक हजार ३६४ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२ ०९:३४
प्रतिक्रिया दिनुहोस्