site stats
बाह्रखरी :: Baahrakhari
खेल
काठमाण्डूविरुद्ध चितवनले फिल्डिङ गर्ने

कामठाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान कुशल मल्लले टस जितेर काठमाण्डूका कप्तान करण केसीलाई ब्याटिङको निम्तो दिए । 

दुवै टिम तेस्रो जितको खोजिमा हुनेछन् । खेल त्रिवि रंगशालामा बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।

काठमाण्डूको यो पाँचौँ खेल हो । काठमाण्डूले यसअघि सम्पन्न खेलमा लुम्बिनी लायन्सलाई २२ रन र जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो । 

काठमाण्डूले विराटनगर किंग्ससँग पाँच विकेटको हार व्यहोर्दा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

एक खेल कम खेलेको चितवनको भने चौथौ खेल हो । चितवनले यसअघि विराटनगर किंग्सलाई ४८ रन र कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो । 

चितवनले लुम्बिनी लायनससँग ६ विकेटको हार व्यहोरेको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्