site stats
बाह्रखरी :: Baahrakhari
देश
भदौ २३ र २४ को घटनाका दोषीलाई कारबाही माग गर्दै जेनजीले दिए सहिदहरूलाई श्रद्धाञ्जली

काठमाडौं । 'जेनजी' युवाको एक समूहले 'जेनजी' आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । 'जेनजी २.०' समूहले शुक्रबार काठमाडौंको माइतिघरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

श्रद्धाञ्जली कार्यक्रममा सहभागी युवाहरूले 'जेनजी' आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही माग गरेका छन् ।

साथै उनीहरूले भदौ २४ गते 'जनेजी'का नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले 'जेनजी' आन्दोलनमा मागहरू तत्काल पूरा गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्