site stats
बाह्रखरी :: Baahrakhari
खेल
काठमाण्डूसँगको पराजयपछि चितवनका देव खनाल भन्छन्- सधैँ बोपारामा भर नपरौँ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा काठमाण्डू गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गर्‍यो ।

खेलपछि पत्रकार सम्मेलनमा चितवनका देव खनालले बलिङमा राम्रो गरे पनि ब्याटिङमा चुक्दा हार व्यहोरेको बताए । हरेक दिन रवि बोपारामा नै भर पर्न नहुने र घरेलु ब्याटरले पनि राम्रो गर्नुपर्ने उनले बताए ।

सधैँ रविले नै म्याच जिताउन नसक्ने र कहिलेकाहीँ नेपाली खेलाडीले पनि राम्रो गर्नुपर्ने खनालको भनाइ छ । सिम्पसन र मिलिन्दले जस्तै साझेदारी चितवनलाई पनि आवश्यक रहेको तर असफल भएको उनले बताए ।

बिस्तारै विकेट स्लो हुँदै गएको खनालको भनाइ छ । उनले आफू र कुशल मल्लमा राम्रो गर्नुपर्ने जिम्मेवारी रहेको बताए । तर, त्यसअनुरूप खेल्न नसकेको उनको भनाइ छ ।

नेपाली खेलाडी पनि चल्नुपर्ने उनी बताउँछन् । उनले आफूसँग भएको क्षमताअनुरूप खेल्न नसकेको उल्लेख गरे । टोलीले साझेदारी बनाउन नसक्नु कमजोर पक्ष रहेको खनालको भनाइ छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्