खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सका बसिर अहमदले अर्धशतक बनाएका छन् ।
शुक्रबार कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याइरहेको विराटनगरबाट बसिरले १७औँ ओभरमा अर्धशतक पूरा गरेका हुन् । दोस्रो संस्करणमा बसिरको यो पहिलो अर्धशतक हो । उनले ३७ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।
जारी खेलको १७ ओभर समाप्त हुँदा विराटनगरले पाँच विकेट गुमाएर १२६ रन बनाएको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६० रन बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२ १९:१५
प्रतिक्रिया दिनुहोस्