खेल
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ ।
अजमान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो ।
मलेसियाका लागि हमजाह पंगीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका नितिसकुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले १/१ विकेट लिए ।
खेल जित्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुनेछ ।
नेपाल समूह ‘ए’ र मलेसिया समूह ‘डि’का विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । रासस
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२ १२:३८
प्रतिक्रिया दिनुहोस्