site stats
बाह्रखरी :: Baahrakhari
देश
रिभल्भरसहित काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं । रिभल्भरसहित काठमाडौंबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ का ३० वर्षीय सन्तोष गुरुङ छन् । उनी काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडमा बस्दै आएका थिए ।

रिभल्भर एकथानसहित शुक्रबार (मंसिर १२) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले सन्तोषलाई उक्त रिभल्भरसहित फेला पारी पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्