site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा तास खेलिरहेका नौजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा तास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको रुवी भ्याली गाउँपालिका–६ की ४३ वर्षीया धनमाया गुरुङसहितका व्यक्तिहरू छन् । उनी काठमाडौंको नागार्जुन नगरपालिका–१, बुद्धचोकमा डेरा गरी बस्दै आएकी थिइन् ।

धनमायाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (मंसिर १२) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ३७ हजार ५०० रुपैयाँ र दुई बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्