site stats
बाह्रखरी :: Baahrakhari
देश
चोरीको मोटरसाइकल किन्ने समातिए

मकवानपुर । ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित शनिबार (मंसिर १३) एकजना पक्राउ परेका छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, भोर्लेका २६ वर्षीय राजेश खातीले चोरी गरी बिक्री गरेको बा४०प ४२९५ नम्बरको मोटरसाइकलसहित सोही ठाउँका २१ वर्षीय अभिषेक वाइवा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले हेटौँडा–७, हरियालीस्थित सडकखण्डमा जाँच गर्ने क्रममा वाइवालाई पक्राउ गरिएको बताए । मोटरसाइकलका कागजपत्र नपाइएपछि थप अनुसन्धान गर्दा खातीले चोरी गरेर बिक्री गरेको खुल्न आएको उनले जानकारी दिए ।

खाती गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धाराबाट फरार भएका थिए । केही दिनअघि प्रहरीले उनलाई पुनः पक्राउ गरी कारागार पठाइएको जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्