site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ महिला क्लब च्याम्पियनसिप मंसिर १९ देखि काठमाडौंमा
तस्बिर : एन्फा/फेसबुक

काठमाडौं । यही मंसिर १९ गतेदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने जनाएको हो ।

प्रतियोगितामा साफसँग आबद्ध पाँच देशका महिला लिग बिजेता क्लबहरूको सहभागीता रहने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । सिंगल राउन्ड रोविनका आधारमा खेल खेलाइने र शीर्ष दुई टोलीबीच फाइनल खेल हुने उनले बताए ।

प्रतियोगिताको विजेता टोलीले १० हजार, उपविजेता टोलीले पाँच हजार तथा सहभागी अन्य तीन टिमलाई दुई हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सहभागी हुन विदेशी क्लब डिसेम्बर ३ तारिखमा नेपाल आउने पनि एन्फाले जनाएको छ । प्रतियोगीताको अनुमानित बजेट ३ करोड ७७ लाख ७७ हजार रहेको एन्फाले जानकारी दिएको छ । हिमालयन टेलिभ्वाइस

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्