देश
म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ ।
बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभीरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो ।
उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईंका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ ।
नागढुंगा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर ६३ करोड रुपैयाँमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुंगा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर ६६ करोड रुपैयाँमा काम सम्पन्न भएको छ ।
त्यसैगरी, राहुघाट, बेगखोला, महभीर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२ १०:४३
प्रतिक्रिया दिनुहोस्