site stats
बाह्रखरी :: Baahrakhari
खेल
मलानपछि जनकपुरविरुद्ध चितवनका साउदले बनाए अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजका अर्जुन साउदले पनि साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएका छन् ।

मंगलबार (मंसिर १६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको चितवनबाट अर्जुनले ३७ बलमा ५० रन पूरा गरे । उनले चार चौका र तीन छक्का प्रहार गरे । प्रतियोगितामा अर्जुनको पनि यो पहिलो अर्धशतक हो ।

अर्जुनअघि अर्का ओपनर डेविड मलानले पनि अर्धशतक बनाएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्