खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा साबिक विजेता जनकपुर बोल्ट्सका अनिलकुमार साहले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
मंगलबारल (मंसिर १६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरका अनिलले २८ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले दुई चौका र तीन छक्का प्रहार गरे । प्रतियोगितामा अनिलको यो पहिलो अर्धशतक हो ।
जारी खेलको १४ ओभर सकिँदा जनकपुरले दुई विकेटको क्षतिमा १४४ रन बनाएको छ ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२ १४:४१
प्रतिक्रिया दिनुहोस्