site stats
बाह्रखरी :: Baahrakhari
देश
विद्युत् ‘सर्ट’ हुँदा मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा मंगल आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । 

बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । 

पसलमा काठको काम भइरहेको बेला तार सर्ट भएर एक्कासि आगलागी भएको हो ।  

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितका सामान जलेर नष्ट भएको छ । 

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । 

क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्