site stats
बाह्रखरी :: Baahrakhari
देश
रविलाई भेटेपछि गृहमन्त्रीलाई सुधनको अल्टिमेटम– कि काम गर, नभए कुर्सी छोड

काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन् । आफूहरू सहकारीपीडितको पक्षमा लडिरहँदा घटनाको ‘अर्को पाटो’ पनि बुझ्न रविलाई भेट्न गएको उनको भनाइ छ ।

भेटका क्रममा रविले आफूमाथि अन्याय भएको गुनासो गरेको गुरुङले बताए । "उहाँ राम्रो काम गर्छु भनेर अगाडि आउनुभएको मान्छे हो । तर, देशमा राम्रो गरिरहेको मान्छेलाई फसाउनुपर्छ भनेर केही शक्ति लागिरहेका छन्," बिहीबार ।रविलाई भेटेपछि उनले भने ।

भेटका क्रममा लामिछानेले जेनजीलाई खुलेरै समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि गुरुङले बताए ।

लामिछानेसँगको भेटपछि सञ्चारकर्मीसँग गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले गृहमन्त्रीलाई काम गरेर देखाउन वा पद त्याग्न चेतावनी दिए ।

"गृहमन्त्रीलाई अब हामी अल्टिमेटम दिन्छौँ– कि त काम गर, कि त कुर्सी छोड," उनले भने ।

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्