देश
बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहीबार (मंसिर १८) दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजातर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए ।
घाइतेहरूलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ । रासस
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२ १८:५९
प्रतिक्रिया दिनुहोस्