site stats
बाह्रखरी :: Baahrakhari
खेल
लुम्बिनीविरुद्ध जनकपुरले ब्याटिङ गर्ने
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा साबिक विजेता जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेलका निम्ति भएको टस जितेर जनकपुरले ब्याटिङको निर्णय गर्दै लुम्बिनीलाई फिल्डिङको निम्तो दिएको हो ।

आजको खेलमा जित निकाले लुम्बिनी प्रतियोगिताको प्लेअफ पुग्ने चौथो टिम बन्नेछ ।

 यता, प्लेअफ पुग्ने झिनो सम्भावना कायम राख्न जनकपुर पनि जितको दबाबमा छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्