खेल
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनायो । आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन र प्रतिश जिसीले दुई विकेट हात पारे ।
सुदूरपश्चिम अपराजित रहेर ६ खेलबाट १२ अंक जोड्दै पहिलो क्वालिफायरमा पुगिसकेको छ । आठ अंकसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको खेल तिन्नु पर्नेछ ।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२ १३:०६
प्रतिक्रिया दिनुहोस्