site stats
बाह्रखरी :: Baahrakhari
खेल
कर्णालीविरुद्ध जनकपुरले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

आइतबार (मंसिर २१) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरका कप्तान वायने पार्नेले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिए ।

यो दुवै टोलीको अन्तिम खेल हो ।

तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई अंक जोडेको छ । कर्णालीले लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो ।

यता, साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा छ । गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिड्न्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्