site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएलमा आज कुनै पनि खेल नहुने, मंगलबार पहिलो क्वालिफायर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (मंसिर २२) कुनै पनि खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । भोलि पहिलो क्वालिफायर खेल हुनेछ ।

मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन् ।  

सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये ६ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । 

सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको थियो । 

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १०:२३
प्रतिक्रिया दिनुहोस्