site stats
बाह्रखरी :: Baahrakhari
देश
नवलपरासीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं । बसको ठक्करबाट ६० वर्षीया वृद्धाको मृत्युको भएको छ । 

प्रतापपुर गाउँपालिका–५ भैरमपुर, नवलपरासीमा लु १ ख ७०१९ नम्बरको बसले सोही ठाउँ बस्ने ६० वर्षीया सुमित्रा चमारलाई सोमबार राति ठक्कर दिएको हो । 

ठक्करबाट गम्भीर घाइते उनको देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले बसचालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्