site stats
बाह्रखरी :: Baahrakhari
देश
चिर्पटले हानेर छोरीले गरिन् बुबाको हत्या

काठमाडौं । दैलेखमा आफ्नै छोरीले बुबाको हत्या गरेकी छन् ।

नौमुले गाउँपालिका–५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली गरेको आफ्ना ६५ वर्षीय बुबा धनबहादुर रामजाली मगरको चिर्पट प्रहार गरेकी थिइन् । 

चिर्पट प्रहारबाट घाइते भएका रामजालीको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुबाको हत्या गर्ने तिर्सनालाई सोमबार इलाका प्रहरी कार्यालयले टोलीले पक्राउ गरेको हो । 

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्