site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने केसीलाई २५ लाख दिइने
फाइल तस्बिर ।

काठमाडौं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वम्याराथन धावक एवं ओलम्पियन जीतबहादुर केसीलाई सरकारले सम्मानस्वरूप २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार (मंसिर २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार (मंसिर २३) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

केसीले सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजित पहिलो एसियाली एथलेटिक्स च्याम्पियनसिपमा कांस्यपदक जितेका थिए । यो नै नेपालले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्