site stats
बाह्रखरी :: Baahrakhari
देश
पौडेल सचिवमा बढुवा
मन्त्रिपरिषद् बैठक । फाइल तस्बिर ।

काठमाडौं । सरकारले सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गरेको छ । सोमबार (मंसिर २३) बसेको मन्त्रिपरिषद्को बैठकबाट पौडेललाई नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरिएको हो ।

बढुवासँगै कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा उनलाई पदस्थापना गर्ने निर्णय पनि गरिएको छ ।

“नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोही प्रदेशको प्रमुख सचिव पदमा पदस्थापना गर्ने निर्णय भएको छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार (मंसिर २३) आयोजित पत्रकार सम्मेलनमा भने ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्