site stats
बाह्रखरी :: Baahrakhari
खेल
विराटनगरविरुद्धको खेल ‘नकआउट’को रूपमा लिएका छौँ : कप्तान रोहित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टिमले विराटनगर किंगसविरुद्धको खेललाई ‘नकआउट’को रूपमा लिएको बताएका छन् । 

लुम्बिनीले बुधबार एनपीएलको दोस्रो संस्करणमा इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई पराजित गर्दै क्वालिफायर्स–२ मा विराटनगरसँगको भेट पक्का गरेको थियो । यही खेलपश्चात रोहितले फाइनल पुग्न उक्त खेल निर्णायक रहने जनाउँदै रोहितले विराटनगरविरुद्धको खेललाई ‘नकआउट’को रूपमा लिएको बताएका हुन् । 

“विराटनगरविरुद्धको खेल दुवै टिमको निम्ति नकअउट खेल हो । दुवै टिम दबाबमा हुनेछ । यो खेलमा अघिल्लो खेलको नतिजाले फरक पार्दैन । खेलमा जसले उत्कृष्ट प्रदर्शन गर्ने र दबाब व्यहोर्न सक्छ भन्ने कुरमा महत्त्वपूर्ण कुरा हो,” रोहितले भने, “हाम्रो पछिल्ला चार खेल नकआउट खेल जस्तै थियो । एउटा खेलमा पराजित हुँदा उपाधि होडबाट बाहिरिने सम्भावना बढेको थियो । त्यसैले हाम्रो निम्ति यो खेल नकआउट खेल नै हो । र, निकै महत्त्वपूर्ण पनि छ ।”

लुम्बिनीले बुधबार क्वालिफायर्स–२ का निम्ति काठमाण्डूविरुद्ध चार विकेटको जित हासिल गरेको थियो । अब फाइनलको निम्ति विराटनगर र लुम्बिनीले भोलि बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे हुनेछ । 

लुम्बिनीले यसअघि समूह चरणमा लगातार चार जित निकालेपछि क्वालिफायर्स–१ मा स्थान बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २२:५९
प्रतिक्रिया दिनुहोस्