site stats
बाह्रखरी :: Baahrakhari
खेल
लुम्बिनीविरुद्ध फिल्डिङमा विराटनगर
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध विरानटगर किंग्सले पहिले बलिङ गर्ने भएको छ । 

बिहीबार (मंसिर २५) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङको निर्णय लिँदै लुम्बिनीलाई ब्याटिङको निम्तो दिए ।

यो खेलमा जित निकाल्ने टिमले उपाधि भिडन्तमा साबिक उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो । लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।

प्रतियोगिताको फाइनल खेल यही मंसिर २७ गते हुने तालिका छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्