काठमाडौं । काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।
८ः४५ बजे न्यूनतम तापक्रम थप कम हुने सम्भावना रहेको छ । बिहीबार (मंसिर २५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
यस वर्षको मापनमा यो कम तापक्रम हो । सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम बुधबार (मंसिर २४) ५.५, मंगलबार (मंसिर २३) ६.२ डिग्री थियो ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको भिजिबिलिटी पाँच किलोमिटर रहेको छ । धनगढीको १२ सय मिटर रहेको छ । विराटनगरको हजार मिटर, भैरहवाको ६ हजार मिटर, सिमराको १५ सय मिटर र जनकपुरको ६ हजार मिटर भिजिबिलिटी रहेको मौसविद् दाहालले जानकारी दिए ।
यसैबीच, आज आंशिक बदलीबाहेक देशभर मौसम मुख्यतया सफा रहनेछ । दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । “अबको तीन दिन मौसममा ठूलो कुनै परिवर्तन देखिने छैन,” मोसमविद् दाहालले भने, “तीन दिन पानी पर्ने सम्भावना छैन ।”