site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्र प्रहरीद्वारा निर्वाचनलक्षित १६ बुँदे सुरक्षा नीति तर्जुमा

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल एक महिनाअगाडिदेखि परिचालन हुने भएको छ । सशस्त्र प्रहरी आवश्यक बन्दोवस्तीका सामग्री तथा सवारी साधनसहित निर्वाचनको एक महिना अगाडिदेखि निर्वाचनमा खटिने भएको हो ।  

क्षेत्र सुरक्षा वेश स्थापना गर्ने, स्ट्राइकिङ तथा मोवाइल टोली भने निर्वाचनको १५ दिनअगाडिदेखि परिचान गरिने सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरीले निर्वाचनलाई सफल बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति’ तर्जुमा गरेको छ । 

सबै निर्वाचन क्षेत्रमा (अतिसंवेदनशील, संवेदनशील र सामान्य) सशस्त्र प्रहरी बल, नेपाल तोकिएको जिम्मेवारीमा परिचालन गर्ने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मकरूपमा परिचालन गर्ने भएको छ । 

निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्वन्धी पाठ्यक्रम तयार गरी निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिने निर्णय गरेको छ । 

सशस्त्र प्रहरीले आम नागरिकको मताधिकारलाई सुनिश्चित गर्दै निर्वाचन विरोधी कुनै गतिविधी हुन नदिन योजनावद्ध ढंगवाट परिचालन हुनेलगायत १६ बुँदे सुरक्षा नीति तर्जुमा गरेको छ । 

1-1765517072.jpg
2-1765517087.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्