site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु

चन्द्रपुर (रौतहट) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज (मंसिर २६) बिहान ट्रक र कार एकापसमा ठोक्किँदा ७९ वर्षीय वृद्धको मृत्यु भएको छ ।

बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्कानजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । 

कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो ।

दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते भएका छन् । उनीहरूको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्