काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन सुरु भएको छ । शनिबार (मंसिर २७) दिउँसो भक्तपुरको सल्लाघारीस्थित चौरमा पार्टी अध्यक्ष एवं पूर्वाप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरे ।
ओलीले रिमोटबाट झन्डोत्तोलन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् । रातो पृष्ठभूमिमा पहेँलो रङको हँसिया र हथौडाअंकित झन्डा फर्फराएसँगै एमालेको ११औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ ।
उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । उद्घाटनअघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो । मञ्चमा सांस्कृतिक झाँकी, संगीत समेत प्रस्तुत गरिएको थियो ।
एमाले महधिवेशनअन्तर्गत भोलि (मंसिर २८)देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ ।
महाधिवेशनको ड्रोन भ्यु हेर्नोस्–
-1765615716.jpeg)
-1765615714.jpeg)
-1765615708.jpeg)
-1765615708.jpeg)
-1765615698.jpeg)
-1765615698.jpeg)