site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा हत्या आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

कास्की । कास्कीमा हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ का ३२ वर्षीय हरिराम बुर्लाकोटी र पाल्पाको रामपुर नगरपालिका–४ का ३८ वर्षीय कृष्णबहादुर भुजेल छन् ।

बुर्लाकोटी पोखरा महानगरपालिका–११ मा बस्दै आएका थिए । भुजेल पोखरा–१० मा बस्दै आएका थिए ।

पोखरा–१६ का ६० वर्षीय रमेश सुनारको हत्यामा संलग्न रहेको उनीहरूमाथि आरोप छ । सुनार पोखरा–१०, रामघाटमा बस्दै आएका थिए ।

बिहीबार (मंसिर २५) बिहान पोखरा–१२ स्थित ढिकालेथर शिव मन्दिरनजिकै सुनारको शव फेला परेको थियो । घटना अनुसन्धानका प्रहरीले बुर्लाकोटीलाई शुक्रबार (मंसिर २५) पोखरा–१२ बाटै पक्राउ गरेको हो । भुजेललाई बिहीबार पोखरा–१० बाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनीहरूविरुद्ध जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्