site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू- १९ एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ ।

दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो ।  श्रीलंकाले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बंगलादेशसँग खेल्नेछ । यही मंसिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, यूएई र मलेसिया सहभागी छन् । रासस

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्