site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुदूरपश्चिमविरुद्ध 'पावर प्ले'मै लुम्बिनी जितनजिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनी लायन्स पहिलो पावर प्लेमै जितनजिक पुगेको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा उपाधिका निम्ति सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरको समाप्तिसम्म दुई विकेट गुमाएर ७२ रन बनाएको छ ।

लुम्बिनीबाट हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल आठ र निरोसान डिकवेला ६ रनमा खेलिरहेका छन् । त्यसअघि ओपनर दीनेश अधिकारीले १३ बलमा एक चौका र पाँच छक्कासहित ४२ रन र डार्सी शर्टले १४ रन बनाएका थिए । 

सुदूरपश्चिमका हर्मित सिंहले दुवै विकेट लिए ।

लुम्बिनीलाई जितका निम्ति अब १४ ओभरमा १४ रनको मात्रै आवश्यक छ । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटिएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्