site stats
बाह्रखरी :: Baahrakhari
देश
डल्लुमा तास खेलिरहेका ६ जना समातिए

काठमाडौं । काठमाडौंमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–४ का २१ वर्षीय ईमरोज खानसहितका व्यक्तिहरू छन् ।

काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित एक कोठामा जुवातास खेलिरहेको अवस्थामा शनिबार (मंसिर २७) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

५७ हजार ४०० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्