देश
काठमाडौं । मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । आइतबार (मंसिर २८) बिहान सुन्दरहरैँचा नगरपालिका–६, गौरीगाउँस्थित सडकमा को१त ६४५८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा सहचालक सोही ठाउँका २६ वर्षीय अतीत राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १२:३८
प्रतिक्रिया दिनुहोस्