site stats
बाह्रखरी :: Baahrakhari
देश
आईजीपी कार्कीको गुनासो– प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरूमा प्रहरी सधैँ तारोमा पर्ने गरेको गुनासो गरेका छन् । 

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आइतबार (मंसिर २८) उद्घाटन कार्यक्रममा बोल्दै प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको उनले गुनासो गरे । 

उनले प्रहरीमाथि आक्रमण गर्ने प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारीमा काम गर्न मातहतका कर्मचारीलाई निर्देशनसमेत दिए ।

“प्रहरीका संरचनाहरू यसपाला पनि ध्वस्त भए । नेपालको इतिहासमा यसभन्दा पहिलेका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोमा पर्छ । यसलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो पनि बनाउने पनि गरिन्छ । नागरिक र प्रहरीको साझेदारीमा हामीले यस्तो प्रवृत्तिलाई अन्त्य गर्दै शान्ति सुव्यवस्था कायम हुनेगरी काम गर्न हाम्रा प्रहरी कर्मचारीलाई निर्देशन पनि दिन्छु,” उनले भने । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्