site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
अर्थमन्त्रीलाई भेट्न नपाएपछि सिंहदरबारबाहिर जेनजी घाइतेको धर्ना (तस्बिरहरू)

काठमाडौं । विभिन्न माग राखेर अर्थमन्त्रीलाई रामेश्वर खनाललाई भेट्न सिंहदरबार प्रवेश गर्न नपाएपछि जेनजी घाइतेहरूले धर्ना सुरु गरेका छन् ।

उनीहरूले रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गरेको आईपीओ बाँडफाँड रोक्का गरी नेपाल धितोपत्र बोर्डमा भएको भ्रष्टाचार छानबिन गर्ने मागसहित अर्थमन्त्री खनाललाई भेट्न जान चाहेका थिए । 

तर, बिहान ९ बजेदेखि सिंहदरबार प्रवेश गर्ने पास नपाएपछि उनीहरूले पश्चिम गेटमा धर्ना थालेका हुन् । 

यस्ता छन् माग

  • रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि निष्काशित आईपीओ बाँडफाँट प्रक्रिया तत्काल रोक्नुपर्ने ।
  • निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नुपर्ने ।
  • बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नुपर्ने ।
  • भ्रष्टाचारमा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने ।

Gen-Z-Ghaite--(8)-1765708879.jpg
Gen-Z-Ghaite--(1)-1765708879.jpg
Gen-Z-Ghaite--(5)-1765708878.jpg
Gen-Z-Ghaite--(7)-1765708878.jpg
Gen-Z-Ghaite--(6)-1765708878.jpg
Gen-Z-Ghaite--(2)-1765708877.jpg
Gen-Z-Ghaite--(3)-1765708877.jpg
 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्