काठमाडौं । विराटनगर किंग्सका सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।
सन्दीपले १७ विकेट लिँदै दोस्रो संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । उनीसँगै प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष पाँचमा सुदूरपश्चिम रोयल्सका अभिनाश बोहरा र शेर मल्ल बराबरी गरेका छन् । तर, सन्दीप उत्कृष्ट बलर चुनिए ।
सन्दीपले यस संस्करण नौ इनिङ खेल्दा कुल २१६ बल फ्याक्दा १७७ रन खर्चिएका छन् । उनको इकोनोमी ४.९१ छ ।
सन्दीपपछि, समान १७ विकेट लिएका सुदूरपश्चिम रोयल्सका अभिनाश बोहराले नौ इनिङ खेल्दा १५७ बल फ्याक्दा १९५ रन खर्चिएका छन् । उनको इकोनोमी ११.४७ छ ।
त्यसैगरी, समान १७ विकेट लिएका शेर मल्ले १० इनिङमा २१६ बल फ्याक्दा २३४ रन खर्चिएका छन् । उनको इकोनोमी १३.७६ छ ।
लुम्बिनी लायन्सका रुबेन ट्रम्पेलमन सूचीको चौथो स्थानमा छन् । नामिबियाका बलर ट्रम्पेलमनले यस संस्करण १५ विकेट लिएका छन् । उनले १० इनिङमा एक मेडनसहित २०० बल फ्याक्दा २२४ रन खर्चिएका छन् ।
काठमान्डू गोर्खाजका शाहब आलम यस संस्करणको सर्वाधिक विकेट लिने पाँचौँ खेलाडी हुन् । शाहबले यस संस्करण आठ इनिङमा १३ विकेट लिएका छन् । उनले कुल १६८ बल फ्याक्दा १७४ रन जोडेका छन् ।