site stats
बाह्रखरी :: Baahrakhari
देश
कति छ आज काठमाडौंको न्यूनतम तापक्रम ?

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागको पूर्वानुमान छ । 

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव छ ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्